२६ माघ २०८१, शनिबार | Sun Feb 9 2025


ओखलढुंगामा सुमो दुर्घटना, चालक सहित सातजना घाईते


0
Shares

ओखलढुंगा, मंसिर २४ । ओखलढुंगामा सिद्धिचरण नगरपालिका–६ स्थित टोड्केमा टाटा सुमो दुर्घटना हुँदा सात जना घाईते भएका छन् ।

सोलुखुम्बुबाट काठमाडौंका लागि छुटेको ना १ ज ६४१२ नम्बरको सुमो दुर्घटना हुँदा चालक सहित ७ जना घाईते भएका हुन् ।

घाईते मध्ये दुईजनाको अवस्था गम्भीर छ । घाईतेहरुको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिएका छन् ।

१० जना सवार सुमो अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेको थियो ।