१ जेष्ठ २०८२, बुधबार | Wed May 14 2025


दुर्घटनामा एकको मृत्यु


0
Shares

झापा, मंसिर २४ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका–४ कोटिहोम नजिकै मंगलबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ

। मृत्यु हुनेमा मोरङको अमरदह नगरपालिका–२ का २३ वर्षीय किसन साह रहेका छन् ।

सडक छेउमा रोकीराखिएको ना ५ख ७६६ नं को ट्रकमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को ३९ प ७५४ नं को मोटरसाइकल ठोक्किएर पुनःपश्चिम जाँदै गरेको मे १ च ४२८१ नं को कारसँग ठक्कर खाँदा मोटरसाइकल चालक साहको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस