काठमाडौं । धादिङको धुनीबेंसीमा आज विहान पहिरो गएपछि नौविसे–नाढुंगा सडक अवरुद्ध भएको छ ।
विहान साढे ६ बजेतिर पहिरो खसेपछि दुईतर्फी आवजजावत रोकिएको ट्राफिक प्रहरीले जनाएको छ । पहिरो पन्छाएर सडक खुलाउने प्रयास भईरहे पनि माथिबाट निरन्तर बगिरहेकाले बाटो खुलाउन मुश्किल भएको प्रहरीको भनाई छ ।
सडक अवरुद्ध भएपछि काठमाडौंबाट बाहिर निस्कने र बाहिरबाट काठमाडौं भित्रिने सवारी साधनको निकै ठूलो लाम लागेको छ भने यात्रुहरु अलपत्र परेका छन् ।
प्रतिक्रिया दिनुहोस्