२५ माघ २०८१, शुक्रबार | Fri Feb 7 2025


‘ सरकारले मानव अधिकार आयोगलाई आफ्नो नियन्त्रणमा राखेको, भर्ति केन्द्र बनाउन लागेको ’


0
Shares

 

काठमाडौं, मंसिर २३ । द्वन्द्व पीडितहरुले सरकारले राष्ट्रिय मानव अधिकार आयोगलाई आफ्नो नियन्त्रणमा राखेर आयोगलाई पनि भर्ति केन्द्र बनाउन लागेको आरोप लगाएका छन् ।

सोमबार राजधानीमा ७१औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा द्वन्द्वपीडित साझा चौतारीका सल्लाहकार राम कुमार भण्डारीले मानव अधिकार आयोग आफै संकटमा परिरहेको भन्दै मानव अधिकारको विषय झन्–झन् संकटमा परेको बताए ।

आयोगले पनि आयोगमा परेका द्वन्द्वकालिन उजुरीहरु थन्क्याएर राखेको र प्रतिवेदनहरु समेत लुकाउने गरेको उनको आरोप थियो ।

कार्यक्रममा मानव अधिकारकर्मी प्रदिप पोखरेलले संक्रमणकालिन न्याय निरुपणका लागि गठित आयोगहरुमा पीडितहरुले चाहेकै व्यक्ति सिफरिस गरे पनि द्वन्द्वकालिन मुद्धा निशकर्षमा पुर्‍याउन नसकिने बताए ।

संक्रमणकालिन न्याय सम्बन्धि ऐन संशोधन नभएसम्म आयोगमा जो कोही गए पनि अन्तमा केहि पनि गर्न नसक्ने उनको भनाई थियो ।

कार्यक्रमा द्वन्द्वकालमा राज्यपक्षबाट भएको दोरम्भा घटना र विद्रोही पक्षबाट ओखलढुङ्गाका तत्कालिन शिक्षक गुरुप्रसाद लुईटेललाई मारिएको घटना सम्बन्धि बृतचित्र पनि प्रदर्शन गरिएको थियो ।