१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


सुटिङमा नेपाल, माल्दिभ्स र भुटान पदकविहीन


0
Shares

काठमाडौं, मंसिर २३ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् सुटिङ सकिएको छ ।

२० मध्ये १८ स्वर्णपदक जित्दै भारत पहिलो भएको छ ।

६० पदकका लागि भएको प्रतिस्पर्धामा भारतले १८ स्वर्ण, ७ रजत र ४ कास्य गरी २९ पदक जित्न सफल भयो ।

दोस्रो स्थानमा रहेको पाकिस्तानले २ स्वर्ण, ५ रजत र ७ कास्यसहित १४ पदक जित्यो ।

कुनैपनि स्वर्ण नजितेको बंगलादेशले ६ रजत र ४ कास्यसहित १० पदक हासिल गर्‍यो ।

चौथो स्थानमा रहेको श्रीलंकाले २ रजत र ५ कास्य गरी सात पदक बटुल्यो ।

नेपाल, माल्दिभ्स र भुटान भने पदकविहीन रहे ।

सुटिङको अन्तिम इभेन्टमा पनि भारतले नै स्वर्णपदक जित्दा श्रीलंकाले रजत र बंगलादेशले कास्यपदक जित्यो ।

सोमबार सातदोबाटोस्थित सुटिङ रेन्जमा भएको १० मिटर एअर पेस्तोल मिक्स्ड इभेन्टमा भारतले स्वर्ण जितेको हो । यसको समूह चरणमा नेपाली टोली पाँचौं हुँदै बाहिरिएको थियो ।

भारतका अनुराज सिंह र श्रवण कुमारको टोलीले १६ अकंसहित स्वर्णपदक जितेको हो ।

स्वर्णपदकको भिडन्तमा श्रीलंकाका एल्भिस केएआई र फर्नान्डो टीडीएसको जोडी ८ अंकमा रोकिएको थियो । बंगलादेशले कास्य जित्यो ।