१४ श्रावण २०८२, बुधबार | Wed Jul 30 2025


१३औं ‘साग’मा नेपालको स्वर्ण ४९ पुग्यो, गौरिकाले जितिन् चौथो स्वर्ण (अपडेट)


13
Shares

काठमाडौं, मंसिर २३ । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले अहिलेसम्म ४९ ओटा स्वर्णपदक जितेको छ ।

नेपालले सोमबार बक्सिङमा दुईओटा तथा पौडी र जुडोमा एक/एकओटा स्वर्णपदक जितेको छ ।

बक्सिङको महिला ५४ केजी समूहमा मीनु गुरुङ र भूपेन्द्र थापामगरले ६४ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएका हुन् ।

त्यस्तै, जुडोबाट पुनम श्रेष्ठले स्वर्ण दिलाइन् । ७८ केजीमुनि तौल समूहमा उनले बंगलादेशी खेलाडीलाई हराउँदै स्वर्ण जितेकी हुन् ।

त्यस्तै, सोमबार पौडीमा गौरिका सिंहले चौथो स्वर्णपदक जित्नेक्रममा १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितिन् । जारी सागमा यसअघि उनले तीनओटा स्वर्णपदक जितिसकेकी थिइन् ।

४९ स्वर्ण जित्दै नेपाल दोस्रो स्थानमा यथावत् छ ।

शीर्ष स्थानको भारतको १३८ स्वर्णपदक रहेको छ भने तेस्रो स्थानको श्रीलंकाको ३६ स्वर्ण रहेको छ ।

चौथो स्थानको पाकिस्तानको ३०, पाँचौं स्थानको बंगलादेशको १८, छैटौं स्थानको माल्दिभ्सको एक स्वर्ण छ । पुछारको भुटान स्वर्णविहीन छ ।