
बागलुङ, मंसिर २३ । विप्लव समूहका बागलुङ जिल्ला सेक्रेटरी नविन कुँवर फेरि अदालत परिसरबाटै पक्राउ परेका छन् ।
बागलुङ जिल्ला अदालतले सोमबार रिहा गर्न आदेश दिएलगत्तै उनलाई अदालत परिसरबाटै पक्राउ गरिएको हो । बागलुङ जिल्ला अदालतले कुँवरलाई १५ हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख प्रहरी उपरिक्षक नवराज भट्टले कुँवरलाई पर्वत पठाइने जानकारी दिए ।
पर्वत जिल्लामा पनि कुँवरको मुद्दा भएकाले उनलाई त्यहाँ पठाउन लागिएको बताएको छ ।
प्रतिक्रिया दिनुहोस्