Logo ११ फाल्गुन २०८२, सोमबार | Mon Feb 23 2026


बाल सहभागिता कार्यविधि निर्माणकाे लागि प्रदेश सरकार प्रतिवद्ध


13
Shares

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले चाँडै बाल अधिकार सम्वन्धि नियमावली र बाल सहभागिता सम्बन्धि कार्यविधि तयार गर्ने भएको छ ।
धनगढीमा सोमबार भएको प्रदेश स्तरीय बाल सहभागिता कार्यविधि सम्वन्धी अन्तरक्रिया तथा सराकारवालाहरुको सुझाव संकलन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री लालबहादुर खड्काले असोजसम्म बालबालिका सम्वन्धी नियमावली र बाल सहभागीता सम्वन्धि कार्यविधी बनाइसक्ने बताए । प्रदेश सरकारले यसअघि नै बालबालिका ऐन जारी गरिसकेको छ ।

उक्त कार्यक्रममै बोल्दै सामाजिक विकास राज्यमन्त्री मनाकुमारी साउदले आफू बाल अधिकारका लागि बनेका बालक्लवको अनुभव सम्हालेर राजनीतिमा सक्रिय भइरहेको बताउदै बालअधिकारका क्षेत्रमा आवश्यक पर्ने नीति नियम बनाउन आफूले भूमिका खेल्ने बताउनुभयाे । उहाँले बालअधिकार बारे गाउँदेखि शहरसम्म पर्याप्त जानकारी नभएको आफूले पाएको बताउनुभयाे ।

उक्त कार्यक्रममा सुदुरपश्चिम प्रदेश सामाजीक विकास मन्त्री लाल बहादुर खड्काले प्रदेशमा आवश्यक बालबालिका सम्वन्धि नियमावली, कार्यविधि तथा केही नीतिहरु आवश्यक भएको र उक्त कार्यको लागि बाल अधिकारको क्षेत्रमा क्रियाशिल संघ संस्थाहरुसँग समन्वय गर्ने विचार व्यक्त गर्नुभयो ।

त्यस्तै, कार्यक्रममा बोल्दै मन्त्री खड्काले बाल सहभागीताको मस्यौदा कार्यविधि पेश गर्न नागरिक संजालको तर्फबाट कन्सोर्टियम नेपाललाई अनुरोधगर्दै यथासिघ्र उक्त कार्यविधिलाई अनुमोदन गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयाे ।

सो अवसरमा कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले नियमावली, कार्यविधी लगायतका नीतिहरु निर्माणको लागि आफूहरुको सहयोग आवश्यक भए सक्दो सहयोग गर्ने बताउनुभयाे । कन्सोर्टियम अध्यक्ष थापाले मन्त्री खड्का र राज्यमन्त्री साउदलाई बाल अधिकारका सवालमा केन्द्रित रहेर ध्यानाकर्षण पत्र पनि बुझाएका थिए भने उक्त ध्यानाकर्षण पत्रमा बाल सहभागीता सम्वन्धी कार्यविधि याथासिघ्र जारी गर्न प्रदेश सराकारको ध्यानकर्षण पनि गरिएको छ । सो कार्यक्रममा विभिन्न संघ, संस्था, नागरिक समाज, विकास साझेदार संस्था, पत्रकार र बालक्लवका अगुवाहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको प्राविधिक सहयोग वल्र्ड भिजनले गरेको थियो ।

Skip This