
काठमाडौं, मंसिर २३ । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलाई मरछेँ खलः मानन्धर गुठीले सम्मान गरेको छ ।
काठमाडौंको भिमसेनस्थानमा सोमबार आयोजित कार्यक्रममा गुठीका थकाली रामकृष्ण मानन्धरले गुठीका तर्फबाट राज्यमन्त्री मानन्धरलाई सम्मानपत्र प्रदान गरे ।
त्यस अवसरमा राज्यमन्त्री मानन्धरले आफ्नो कार्यकालमा निस्पक्ष र इमान्दार भएर देश र समाजको सेवा गर्ने प्रतिबद्धता जनाए ।
प्रतिक्रिया दिनुहोस्