
काठमाडौं, साउन १५ । साझा प्रकाशनका अवकाशप्राप्त कर्मचारीहरुले मंगलबार साझा प्रकाशनकै प्रांगणमा धर्ना दिएका छन् ।
सेवा–सुविधा नदिइ साझाले जबर्जस्ती हटाएको भन्दै उनीहरुले कर्मचारी उपदान रकम उपलब्ध गराउन माग गरेका छन् ।
उनीहरुले साझा प्रकाशनका महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको राजीनामा पनि मागेका छन् ।
महाप्रबन्धक शर्माले असार मसान्तसम्ममा उपदानको रकम उपलब्ध गराउने र उपलब्ध गराउन नसके सबै कर्मचारीलाई पुनर्बहाली गर्ने लिखित प्रतिबद्धता गरेको दाबी उनीहरुको छ ।
उपदान दिनकै लागि भनेर साझा प्रकाशनले अर्थ र शिक्षा मन्त्रालयबाट ३० करोड रुपैयाँ रकम निकाले पनि आफूहरुले अत्यन्तै न्यून रकममात्र पाएको उनीहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्