
सञ्जय आचार्य (इमेज)
बर्दिया, साउन १५ । बर्दियामा गत आर्थिक वर्षमा सडक दुर्घटनामा परी २६ जनाको मृत्यु भएको छ । जसमध्ये २० जना पुरुष, तीन महिला र तीन बालक छन् ।
बर्दियाका प्रहरी नायब निरीक्षक मधुसूधन सिंहकाअनुसार सबैभन्दा बढी दुर्घटना मोटरसाइकल र ट्रकबाट भएको हो ।
दुर्घटनाको कारण तीव्रगति मानिएको छ ।
सोही अवधिमा बर्दियामा ९ हजार ९२ जनाले सवारी नियम उल्लंघन गरे । जसबाट ४९ लाख ३४ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्