
रसुवा, साउन १५ । पासाङल्हामु राजमार्गको धुन्चे–स्याफ्रुबेसी सडकखन्डअन्तर्गत् याङयाङखोलामा मंगलबार एक कन्टेनर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।
दुर्घटनामा अर्का एकजना घाइते भएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए ।
धुन्चेबाट रसुवागढीतर्फ गइरहेको ना६ख ४९२९ नम्बरको कन्टेनर दुर्घटनामा परेको हो ।
उद्धारका लागि प्रहरी घटनास्थलमा पुगिसकेको र मृतकको पहिचान हुन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस्