१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


जुडोमा देवकी खड्काले जितिन स्वर्णपदक


0
Shares

काठमाडौं । १३ औं सागको जुडोमा देवकी खड्काले स्वर्णपदक जितेकी छिन् ।

देवकीले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्णपदक दिलाएकी हुन् । अन्य स्पर्धामा पुरुष ७३ केजीमा संजीत डंगोलले रजत जितेका छन् ।

महिला ६३ केजी मुनि निर्मला घर्तीमगरले रजत पदक जितेकी छिन् ।

महिला ५७ केजी मुनि मनिता श्रेष्ठले रजत जितिन् । पुरुष ६६ केजी मुनि इन्द्रबहादुर श्रेष्ठले रजत जिते ।

पुरुष ६० केजी मुनि उमेश मगरले कास्य जिते । महिला ४८ केजी तौल समूहमा सोनिया भट्टले कास्य जितिन् ।