१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


महिला क्रिकेटको स्वर्ण बंगलादेशले जित्यो, नेपालकी अंजली चन्द सर्वोत्कृष्ट खेलाडी घोषित


0
Shares

पोखरा । १३ औं सागको महिला क्रिकेटको स्वर्णपदक बंगलादेशले जितेको छ ।

आइतबार पोखरा रंगशालामा भएको फाइनलमा श्रीलंकामाथि दुई रनको रोचक जित निकाल्दै बंगलादेशले स्वर्णपदक जितको हो । श्रीलंकाले रजत पदक पाउँदा नेपालले कास्य पदक जित्यो ।

फाइनलमा टस हारेर पहिले ब्याटिङ्ग गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९१ रन बनायो ।

निगार सुल्तानले २९ तथा संजिदा इस्लाम र फाहिमा खातुनले समान १५/१५ रन बनाइन् । उमासा थिमेसाजले ४ विकेट लिइन् ।

जवाफमा श्रीलंकाले ९ विकेटको क्षतिमा ८९ रन मात्रै बनाउन सक्यो ।

हर्षिता समाराविराले ३२ रन बनाएको इनिङ्समा ४ ओभरमा १ मेडनसहित ९ रन खर्चेर २ विकेट लिएकी नहिदा अख्तर प्लेयर अफ द फाइनल भइन् ।

प्रतियोगितामा ११ ओभर १ बल बलिङ्ग गर्दै ५ मेडन राख्दै ११ विकेट लिएकी नेपालकी बलर अंजली चन्द प्रतियोगिताकै उत्कृष्ट बलरसहित सर्वोत्कृष्ट खेलाडी घोषित भइन् ।

त्यस्तै १ सय ८७ रन जोडेकी श्रीलंकाकी हर्षिता उत्कृष्ट ब्याट्स्वुमन घोषित भइन् ।