Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


तातोपानी नाकामा क्रेन र भरियाबाट सामान ओसारिँदै, क्षति भएको पुलको दुई महिनासम्म मर्मत भएन


0
Shares

किरण थापा
सिन्धुपाल्चोक । गत असार १ गते आएको बाढीले सिन्धुपाल्चोक स्थित लिपिङ खोलाको पुलमा क्षति पुर्‍याएपछि सामान आयात गर्न समस्या भएको छ । कन्टेनरमा ल्याइएको सामान क्रेन तथा भरिया लगाएर त्यस क्षेत्रमा ओसारपसार गर्नुपर्ने बाध्यता आइपरेको छ ।

दुई महिना हुन लाग्दासमेत सिन्धुपाल्चोकको लिपिङ खोलाको पुल नबन्दा व्यापारीलाई समस्या भएको छ । २०७१ को जुरे पहिरो २०७२ को भूकम्प र भोटेकोसी बाढीको मारमा परेको तातोपानी नाका अझै उठ्न नसकिरहेको बेला मुख्य पुलमै क्षति हुँदा समस्या भएको हो ।

बाढीले लिपिङ खोलाको पुलको झण्डै आधा भाग भत्काएपछि समस्या भएको हो । पुल भत्किँदा काठमाडौलगायतका ठाउँमा ल्याउने कन्टेनरको सामन लिपिङ पुलबाट क्रेन र भरिया लागाएर ल्याउन परेको व्यापारी विजय शेर्पाले बताउनुहुन्छ ।

तातोपानी नाकाको मुख्य समस्या भनेको सडक सञ्जाल हो । वर्षेनी बाह्रबिसेदेखि सीमा नाकासम्म सडकको समस्या आउँछ । गत वर्ष पनि बाढी पहिरोले सडकमा क्षति पु¥याएपछि समान आयातमा समस्या भएको भन्सार अधिकृत नारद पौडेलले जानकारी दिनुभएको छ ।

सडक खुलाउन प्रयास भइरहेको सडक डिभिजन चरिकोटका डिभिजन प्रमुख विजयकुमार यादवले जानकारी दिनुभएको छ । चीन सरकारले सडक मर्मत गर्ने भनिएपनि त्याे भनएकाले समस्या भएकाे यादवले बताउनुभयाे । प्रमुख जिल्ला अधिकारी अरुण पाेखरेलले भने बाटाे खुलाउने प्रयास भइरहेकाे बताउनुभयाे ।

पुलमा समस्या हुँदा चीनबाट ल्याउने अक्सिजन प्लान्ट लगायतका महत्वपूर्ण सामग्रीहरु पनि आयात गर्न समस्या भएको छ । स्वास्थ्य सामग्री पनि लिपिङ पुलपारी नै रोकिएको छ ।

तातोपानी नाकामा हरेक वर्ष वर्षातको समयमा हुने समस्याका कारण सडक सञ्जाल भत्किदा आयातमा समस्या आउने गरेको छ । यसतर्फ सम्बन्धित निकाएको ध्यान जान जरुरी छ ।(भिडियो हेर्नुहोस्)