१५ श्रावण २०८२, बिहिबार | Thu Jul 31 2025


कुस्तीमा संगीता धामीले जितिन कीर्तिमानी स्वर्णपदक


0
Shares

काठमाडौं । १३ औं साग अन्तर्गत कुस्तीमा संगीता धामीले कीर्तिमानी स्वर्णपदक जितेकी छिन् ।

जनकपुरमा जारी खेलको महिला ५५ केजी तौल समूहमा फाइनलमा बंगलादेशकी रिमे सर्केरलाई पराजित गर्दै संगीताले स्वर्ण जितेकी हुन् ।

सागको कुस्तीतर्फ कुनै पनि नेपाली खेलाडीले स्वर्ण जितेको यो पहिलो पटक हो ।

महिलाको ५७ केजीमा नेपालकी अम्बिका भण्डारीले रजत जित्दा भारतीय खेलाडीले स्वर्ण जितिन् ।

पुरुष ७० केजीमा नेपालका सुरेश चुनाराले कास्यपदक जिते ।

पुरुष ७९ केजीमा बुन्नीलाल राउत ऐरले कास्य जिते । पुरुष १२५ केजीमा राज यादवले कास्यपदक जिते ।