
काठमाडौं । १३ औं सागको ह्याण्डबलमा नेपालको महिला टोली फाइनलमा प्रवेश गरेको छ ।
पोखरामा जारी प्रतियोगिताको शनिबार भएको सेमिफाइनलमा पाकिस्तानमाथि सनसनीपूर्ण जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो ।
नेपाल २२/२१ को साँघुरो अन्तरले विजयी भयो । उमा राईले एक्लैले ११ गोल गरिन् ।
नेपालले स्वर्णपदकका लागि आइतबार भारतसंग फाइनल खेल खेल्नेछ ।
शनिबार नै भएको सेमिफाइनलमा भारतले बंगलादेशलाई ४१/१३ को फराकिलो अन्तरले पराजित गरेको हो ।
प्रतिक्रिया दिनुहोस्