
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सलाई हराएको छ ।
शनिबार भएको खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले दोस्रो जित निकालेको हो ।
खेलको १८ औं मिनेटमा इब्राहिम महुदी हुसैनले गोल गर्दै माल्दिभ्सलाई १–० को अग्रता दिलाएका थिए ।
तर, खेलको ४३ औं मिनेटमा अभिषेक रिजालले गोल गर्दै नेपाललाई १–१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलमा ५१ औं मिनेटमा डिफेन्डर अनन्त तामाङले कर्नर बलमा हेड गोल गर्दै नेपाललाई २–१ को जित दिलाए ।
जितसँगै नेपालले फाइनल पुग्ने सम्भावना कायम राखेको छ । माल्दिभ्सको भने स्वर्ण सम्भावना सकिएको छ ।
नेपालले ३ खेलमा ७ अंक जोडेको छ । र, नेपाल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
प्रतिक्रिया दिनुहोस्