Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


आज राति ८ बजेपछि सबै प्रकारका सवारीसाधन चलाउन रोक


0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण पुनः बढ्न थालेपछि स्थानीय प्रशासनले निषेधाज्ञालाई थप कडाइ गरेको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले आज राति ८ बजेपछि सबै प्रकारका सवारीसाधन चलाउन रोक लगाएको छ ।

भदौ ८ गतेसम्म निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्वीमिङ पुल, मनोरञ्‍जनस्थल, संग्रहालय, रंगशालामा हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भीडभाड हुने अन्य कार्यक्रम सञ्‍चालन गर्न गराउन नपाउने उल्लेख छ।

यस्तै चोक, खुला स्थानमा मानिसहरु भेला हुन, भीडभाड गर्न, सभा जुलुस, जात्रा, महोत्सव, भोज भतेर आदि गर्नरगराउन नपाउने व्यवस्था जिल्ला प्रशासन कार्यालयद्वारा जारी निषेध आदेशमा उल्लेख गरिएको छ।