
काठमाडौं, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् टेबलटेनिसतर्फ पुरुष एकलमा नेपालका स्यान्टु श्रेष्ठ र पुरुषोत्तम बज्राचार्यले कास्यपदक जितेका छन् ।
शुक्रबार लैनचौरस्थित टेबलटेनिस हलमा भएको सेमिफाइनलमा पराजित भएपछि स्यान्टु र पुरुषोत्तम कास्यमा सीमित भएका हुन् ।
नेपालले सागमा अहिलेसम्म एकलमा कास्यसमेत जित्न नसकेको अवस्थामा स्यान्टु र पुरुषोत्तमले इतिहास रचेका छन् ।
सेमिफाइनलमा स्यान्टु भारतका अमलराज एन्थोनीसँग ४–० ले पराजित भए । स्यान्टु ११–४, १२–१०, ११–८ र ११–२ ले पराजित भए ।
त्यस्तै, पुरुषोत्तम भारतका हर्मित देशाईसँग ४–० ले नै पराजित भए । पुरुषोत्तम ११–५, ११–४, ११–१ र ११–४ ले पराजित भए ।
प्रतिक्रिया दिनुहोस्