१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


१३औं ‘साग’मा नेपाल अहिलेसम्म ४१ स्वर्ण जित्न सफल (अपडेट)


0
Shares

काठमाडौं, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल दोस्रो स्थानमा यथावत् रहेको छ ।

अहिलेसम्म नेपालले ४१ ओटा स्वर्णपदक जितेको छ ।

नेपालले शुक्रबारमात्रै गल्फमा दुई तथा पौडी, एथ्लेटिक्स र भारोत्तोलनमा एक/एक स्वर्णपदक जितिसकेको छ ।

भारत ८१ स्वर्णसहित शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको श्रीलंकाको २३, चौथो स्थानको पाकिस्तानको १९, पाँचौं स्थानको बंगलादेशको ४, छैटौं स्थानको माल्दिभ्सको एक स्वर्णपदक छ ।

पुछारको भुटानको ६ कास्यपदकमात्रै छ ।

नेपालले अहिलेसम्मका साग संस्करणमा जितेको कुल स्वर्णको संख्या १११ पुगेको छ । १२औं सागसम्म नेपालले ७१ स्वर्णपदक जितेको थियो ।