
चितवन, साउन २६ । दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा चितवनमा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्य थापाका अनुसार ईच्छाकामना गाउँपालिका ३ कुरिनघाटमा काठमाडौंबाट मुग्लिन तर्फ आई रहेको बा४६ प ३२० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट गईरहेको ग १६ प ५५३१ नम्बरको मोटरसाइकल आपसमा ठोकीँएका थिए ।
थापाका अनुसार ग १६ प ५५३१ नम्वरका मोटरसाइकल चालक स्याङजा पुतली बजार नगरपालिका ४ बस्ने बर्ष २६ का शुसिल पोख्रेलको मृत्यु भएको हो । दुर्घटनापछि पुरानो मेडिकल कलेजमा उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
त्यस्तै बा६४प ३२० नम्बरको मोटरसाइकल चालक जिल्ला भोजपुर कौवादुङमा गाउँपालिका ४ बस्ने बर्ष २४ को सन्दिप बस्नेत र सोही मोटरसाइकल पछाडी सवार उक्त ठाउँका २१ वर्षीय जय कार्कीको मध्यम अवस्थामा उपचार भइरहेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्