
पोखरा, मंसिर १९ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् भारोत्तोलनका खेलहरु बिहीबारदेखि सुरु भएका छन् ।
पोखरामा भएको भारोत्तोलनमा सञ्जु चौधरीले नेपालका लागि पहिलो स्वर्णपदक दिलाएकी छन् ।
सञ्जुले महिला ५९ केजी तौल समूहमा स्वर्णपदक जितेकी हुन् ।
सञ्जुले स्न्याचतर्फ ७४ केजी र क्लिन एन्ड जर्कमा ९७ केजीसहित कुल १७१ केजी तौल उचाल्दै स्वर्णपदक जितेकी हुन् ।
श्रीलंकाकी एस राजापाक्षले रजत तथा बंगलादेशकी फायमा अख्तरले कास्यपदक जितिन् ।
नेपाली भारोत्तोलनको इतिहासमा सञ्जुले कीर्तिमान रचेकी छन् । महिलातर्फ भारोत्तोलनमा स्वर्ण जित्ने सञ्जु पहिलो नेपाली खेलाडी हुन् ।
भारोत्तोलनमा अहिलेसम्म सागमा नेपालले दुईओटामात्र स्वर्ण जितेको छ । यसअघि, कमलबहादुर अधिकारीले स्वर्ण जितेका थिए ।
प्रतिक्रिया दिनुहोस्