२० जेष्ठ २०८०, शनिबार | Sun Jun 4 2023


चारो अभाव भएपछि कमलामाई मन्दिरका परेवा मर्न थाले


0
Shares

सिन्धुली । चारो अभाव भएपछि सिन्धुलीको कमलामाई नगरपालिकास्थित कमलामाई मन्दिरमा आश्रय लिएर बसेका परेवा मर्न थालेका छन् ।

यो मन्दिरमा एक हजारभन्दा बढी परेवा पस्दै आएका छन् ।

जंगल र नदीको बीचमा रहेको कमलामाई मन्दिर रहेका कारणले परेवाहरु चारो खोज्न उडेर जाने स्थानसमेत नभएकाले खान नपाएर मर्न थालेका हुन् ।

परेवालाई खुवाउन मन्दिर व्यवस्थापन समितिले कुनै चासो देखाएको छैन ।

भक्तजनले भाकल गरेर छाड्दै आएका परेवा सोही मन्दिरलाई आश्रयस्थल बनाउँदै आएका छन् ।

कमलामाई मन्दिरमा दर्शन गर्न आउनेहरुले दिने चारोमा समेत रसायन मिसिएकाले परेवाहरु भर्न थालेको स्थानीय बताउँछन् ।