काठमाडौं, मंसिर १९ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला ह्यान्डबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालाको कभर्ड हलमा बंगलादेशमाथि २६-२४ को कठिन जित निकाल्दै नेपाल अन्तिम चारमा पुगेको हो ।
नेपालको जितमा उमा राईले सर्वाधिक ८, निशा राईले ५, कविता राई र रन्जना राईले ४/४ गोल गरे ।
यस्तै आइता लोमु शेर्पा र शान्ति कला राईले २र२ तथा कल्पना ओलीले १ गोल गरिन् । जितसँगै नेपाल समूह ‘बी’ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो ।





प्रतिक्रिया दिनुहोस्