Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


दिवा खाजासँगै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढ्दो


0
Shares

-प्रकाश लिम्बू / ईमेज

तेह्रथुम । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका तेह्रथुमको आठराई गाउँपालिकाले विद्यार्थी केन्द्रित कार्यक्रम चलाउन थालेको छ ।

विद्यार्थीलाई नियमित उपस्थित गराउने उद्देश्यले विद्यालयमा दिवा खाजाको व्यवस्था गरिदिएपछि प्रभावकारी बन्दै गएको हो ।

तेह्रथुम जिल्लाको आठराई गाउँपालिकाले विद्यालयमा दिवा खाजाको व्यवस्था गरेसँगै सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति दर बढेर गएको छ ।

चालु आर्थिक वर्षवाट सुरु गरिएको यो कार्यक्रमले गाउँपालिकाभित्रका ५६ वटा सामुदायिक विद्यालयमा ५ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजा कार्यक्रम ल्याइएको हो ।

दिवा खाजा सञ्चालनका लागि गाउँपालिकाले १ करोड रुपैयाँ रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष मानबहादुर लिम्बुले जानकारी दिए ।

गाउँपालिकाले दिवा खाजाको कार्यक्रम सुरु गरेपछि अध्ययन अध्यापनमा समेत सहजता मिलको शिक्षकहरुको अनुभव छ ।

पहिलेपहिले खाना नखाई आएको भनेर विदा माग्ने विद्यार्थीहरु अहिले पूरा समय बस्न थालेका छन् । यस कार्यक्रमले शैक्षिक गुणस्तरमा समेत सुधार गर्दै जाने महेन्द्रोदय आधारभूत विद्यालय थोक्लुङका प्रधानाध्यापक नन्द तामाङको भनाइ छ ।

गाउँपालिकाले हाजिरीको आधारमा कक्षा १ देखी ५ सम्मका प्रत्येक विद्यार्थीलाई खाजाबापत २० रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

उक्त रकम अभिभावकले पाउने भएपछि आफ्ना बालबालिकालाई दैनिक रुपमा खाजाको व्यवस्थापन हुन थालेको छ ।

खाजा पाएपछि बिद्यार्थीहरु मन लगाएर पढ्ने र जोस जाँगरका साथ अतिरिक्त क्रियाकलापमा सहभागी हुने गरेको स्थानीयको भनाइ  ।

गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा दिवा खाजा कार्यक्रम सञ्चालन गरेपछि निजी विद्यालयमा विद्यार्थीको आकर्षण घट्दै गएको छ ।