२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


जापानले दिएको थप २ लाख ८७ हजार डोज खोप आज आईपुग्ने


0
Shares

काठमाडौं । जापान सरकारले नेपाललाई सहयोगमा दिएको एस्ट्राजनिकाको थप २ लाख ८७ हजार डोज खोप आज आईपुग्ने भएको छ ।

हिजो पहिलो चरणको ५ लाख १३ हजार डोज खोप आइसकेको छ भने आज थप दुई लाख ८७ हजार डोज खोप आउने भएको हो ।

बाँकी ८ लाख खोप अर्को साता आइपुग्ने स्वास्थ्य सेवा विभागले जानकारी दिएको छ । एस्ट्राजेनेका खोप आएसंगै यसअघि कोभिशिल्ड खोप लगाएका ज्येष्ठ नागरिकहरुलाई भोलिदेखि दोस्रो डोज दिन शुरु गरिने भएको छ ।