१७ श्रावण २०८२, शनिबार | Sat Aug 2 2025


१३ औं साग: पदक तालिकामा भारतले नेपाललाई उछिन्यो


0
Shares

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद (साग)को पदक तालिकामा भारत शीर्ष स्थानमा उक्लिएको छ ।

हिजो(बुधबार)का खेलहरु सकिंदा भारतले ३४ स्वर्ण पदक जितेको छ । २९ स्वर्ण पदक जितेको नेपाल दोस्रो स्थानमा छ ।

९ स्वर्ण पदकहित पाकिस्तान तेस्रो स्थानमा उक्लिंदा श्रीलंकाको ८ स्वर्ण पदक रहेको छ । चार स्वर्ण पदकसहित बंगलादेश पाँचौ स्थानमा छ भने माल्दिभ्सले एउटा स्वर्ण पदक जितेको छ ।

अहिलेसम्म स्वर्ण पदक जित्न नसकेको भुटानको खातामा चारवटा कास्य पदक रहेको छ ।

दक्षिण एसियाली खेलकुद सागको इतिहासमा नेपालले स्वर्णपदकको संख्या एक सय पु¥याएको छ ।

१३ औं सागको तेक्वान्दोमा हिजो सक्षम कार्कीले स्वर्ण जितेसंगै समग्रमा अहिलेसम्मका स्वर्णपदकको संख्यामा नेपालले शतक बनाएको हो ।

१२ औं सागसम्म ७१ स्वर्णपदक जितेको नेपालले जारी १३ औं सागमा स्वर्णपदकको संख्या २९ पुर्‍याएसँगै ऐतिहासिक कोसेढुंगा पार गरेको हो ।