Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


ईन्जिनियर्स एशोसिएसनद्वारा ई. विशाल कुमार गौतमलाई ब्लड क्यान्सरको उपचारका लागि सहयोग गर्न आग्रह


0
Shares

काठमाडौं । नेपाल ईन्जिनियर्स एशोसिएसन ललितपुरले अमेरिकामा उपचाररत ईन्जिनियर विशाल कुमार गौतमलाई ब्लड क्यान्सर भएकाले उपचारका लागि सहयोग गर्न आग्रह गरेको छ ।

एशोसिएनका अध्यक्ष ई. प्रा.डा. त्रिरत्न बज्राचार्यले विज्ञप्ति जारी गर्दै उच्च शिक्षाका लागि अमेरिकामा अध्ययनरत ईन्जिनियर विशाल कुमार गौतमलाई बोनम्यारो प्रत्यारोपण गर्नका लागि धेरै रकम आवश्यक पर्ने भएकाले सहयोग गर्न आग्रह गर्नु भएकाे हाे।

उपचारका क्रममा बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएकोर सो को लागि करिब १२ देखि १४ करोड नेपाली रुपैयाँ लाग्ने भएको जानकारी हामीलाई प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।

साथै नेपाल इन्जिनियर्स एशोसिएसनले ई. विशाल कुमार गौतमको स्वास्थ्य लाभको कामना गदै उपचारका लागि एक लाख रुपैयाँ सहयोग गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै एशोसिएसनले सबैलाई सहयोग गर्न आग्रह गर्दै उपचार खर्चको लागी निम्न बैंक विवरण मार्फत आर्थिक सहयोग उपलब्ध गराउन अपिल गरेको छ ।

तपाई पनि विशाल कुमार गौतमलाई सहयोग गर्न चाहानुहुन्छ भने यस बैंक खातामा रकम जम्मा गर्न सकिनेछ ।

बैंक विवरण बैकको नाम
– हिमालयन बैंक लिमिटेड, महाराजगंज शाखा खाता नं.
– ००२०६८३७९७००१३ खातावालाको नाम स् विराट कुमार गौतम

अथवा

बैकको नामः सिद्धार्थ बैंक लिमिटेड, डडेल्धुरा शाखा खाता नं.
– ०३११५२६४३९८ खातावालाको नाम स् विराट कुमार गौतम

Skip This