Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


बागलुङ जिप दुर्घटनाः मुख्यमन्त्री गुरुङद्वारा दुःख व्यक्त


0
Shares

गलकोट, मंसिर १७ । बागलुङमा मंगलबार १४ जनाको ज्यान जानेगरी भएको जिप दुर्घटनाप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले दुःख व्यक्त गरेका छन् ।

गुल्मीको इस्मा गाउँपालिकादेखि बागलुङको निसीखोलातर्फ जाँदै गरेको ग१ज ५२१९ नम्बरको जिप बडिगाड गाउँपालिका–७, भीमगिठेमा दुर्घटना हुँदा १४ जनाको घटनास्थलमा नै मृत्यु हुनेगरी भएको घटनाका विषयमा मुख्यमन्त्री गुरुङले एक शोक वक्तव्य जारी गर्दै भयानक दुर्घटनामा मृत्यु भएकाप्रति हार्दिक श्रद्धाञ्जलि तथा गम्भीर घाइतेप्रति स्वास्थ्यलाभको कामना गरेका छन् ।

‘दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि, शोकाकुल परिवारजनमा समवेदना तथा घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु’–वक्तव्यमा भनिएको छ ।

मुख्यमन्त्री गुरुङले दुर्घटनाका बेला उद्धारमा खट्ने सबैलाई धन्यवादसमेत दिएका छन् ।

जिप अनियन्त्रित भइ बडिगाड खोलामा खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा गुल्मीको इस्माबाट कुलपूजाका लागि निसीखोला जाँदै गर्दा बडिगाडमा दुर्घटना हुँदा १४ को मृत्यु, एक बेपत्ता र तीनजना घाइते भएका छन् ।

घाइतेलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत् उद्धार गरी काठमाडौं लगिएको छ ।

घटनाप्रति नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बागलुङ र राष्ट्रिय जनमोर्चा बागलुङलेसमेत विज्ञप्ति जारी गर्दै शोक व्यक्त गरेका छन् । रासस