३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


चापाकोट नगरपालिकाका सम्पूर्ण सेवा १० दिनका लागि बन्द


0
Shares

सागर न्यौपाने

स्याङ्जा । स्याङ्जाको चापकोट नगरपालिकाका मा कोरोना संक्रमितको सख्या बढदै गएपछि नगरपालिका बाट प्रदान गरिने सम्पूर्ण सेवाहरु बन्द गरिएको छ ।

नगरपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै साउन २९ गतेसम्म स्वास्थ्य सेवा वाहेकका सम्पुर्ण सेवाहरु बन्द रहने व्यहोरा जानकारी दिएको छ।

नगरपालिकाका वडा कार्यालयहरु लगायत सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु, सरकारी अर्धसरकारी गैरसरकारी संघ संस्थाहरु तथा शैक्षिक संघसंस्थाहरुबाट प्रदान हुँदै आएका सम्पुर्ण सेवाहरु पूर्ण रुपमा बन्द गराउने निर्णय गरेको बताएको छ ।

नगरपालिकाका नगर प्रमुख शिव कुमारी गिरीले अत्यावश्यक कामकाज बाहेक घर बाहिर ननिस्कन तथा निस्कनु परेमा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न नगरवासीलाई अनुरोध गर्नुभएको छ ।

उहाँले यस विपद जन्य अवस्थामा नागरिकहरु आफै सचेत भई नगरपालिकाले शुरु गरेको कोरोना रोकथाम तथा नियन्त्रण, आइसोलेशन निर्माण तथा पिसीआर र एन्टिजेन परीक्षण जस्ता कार्यमा सहयात्री बन्न आग्रह समेत गर्नुभएको छ ।

नगरपालिका भित्र हाल ८ जना कोरोना संक्रमितको निधन भएको छ भने ५२७ जनामा संक्रमण पुष्टि भएको छ । १५७ जना संक्रिय संक्रमित रहेको समेत सुचना अधिकारी कोइरालाले बताउनुभयो ।