
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथ्लेटिक्समा नेपालकी सन्तोषी श्रेष्ठले स्वर्ण जितेकी छिन् ।
दशरथ रंगशालामा भएको खेलमा १० हजार मिटर दौडमा उनले स्वर्ण जितेकी हुन् ।
उनले निर्धारित दुरी ३५ मिनेट ७.९५ सेकेन्डमा पुरा गरेकी थिइन् भने उनको निकटतम प्रतिद्वन्दी भारतकी पविता यादाले ३५ मिनेट ७.९४ सेकेन्ड लगाएकी थिइन् ।
साग इतिहासमा नेपालको महिला एथ्लेटिक्स खेलाडीले जितेको यो पहिलो स्वर्ण हो ।
प्रतिक्रिया दिनुहोस्