
काठमाडौं, मंसिर १७ । १३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत आज भएको महिला फुटबलमा नेपाल विजयी भएको छ ।
आज बिहान पोखरा रंगशालामा भएको खेलमा नेपाल श्रीलंका विरुद्ध १ गोल गर्दै विजयी भएको हो ।
पहिलो हाफमा बराबरी खेलेको नेपालले दोस्रो हाफको अन्त्यतिर श्रीलंकालाई एक गोल हानेको हो ।
नेपालका तर्फबाट सरु लिम्बुले गरेको गोल नै निर्णायक बन्यो । खेलको ८७ औं मिनेटमा सरुले नेपालको लागि गोल गरिन् ।
जितसँगै नेपालले पहिलो खेलमा ३ अंक जोडेको छ । महिला फुटबल अन्तर्गत आज भारत र माल्दिभ्सबीच खेल हुनेछ ।
अब नेपालले बिहिबार माल्दिभ्ससँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्