
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज(मंगलबार) पनि विभिन्न खेलका प्रतिस्पर्धाहरु भइरहेका छन् ।
मंगलबार उसुमा नेपालले दुई स्वर्ण जितेको छ । लगनखेलस्थित आर्मी कभर्ड हलमा नेपालका विजय सिंजाली र सुस्मिता तामाङले थाउलोमा स्वर्ण जितेका हुन् ।
पुरुषमा विजयले बंगलादेश र श्रीलंकाका खेलाडीलाई पछि पारे भने महिलामा सुस्मिताले श्रीलंका र बंगलादेशका खेलाडीलाई पछि पारिन ।
सोमबार १५ स्वर्णपदक हात पार्दै नेपाल शीर्ष स्थानमा छ । नेपालले मंगलबार दुई स्वर्ण हासिल गरेपछि सागमा पदक संख्या १७ पुर्याएको छ ।
प्रतिक्रिया दिनुहोस्