Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


सनराइज बैंकको खनारमा १२६औं शाखा विस्तार


0
Shares

काठमाडौं, मंसिर १६ । सनराइज बैंकले सुनसुरीस्थित खनारमा १२६औं शाखा विस्तार गरेको छ ।

यस शाखाको सोमबार इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकालाल चौधरी र बैंकका सन्चालक समितिका सदस्य शारदा शर्मा पुडासैनीले संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।

बैंकले यसअघि आइतबार नवलपरासीस्थित परासीमा १२५औं शाखा सन्चालनमा ल्याएको थियो ।