
काठमाडौं । महाकाली नदीमा तुइन तर्दै गर्दा बेपत्ता भएका युवाको सम्बन्धमा अनुसन्धान गर्न सरकारले गठन गरेको टोली दार्चुला प्रस्थान गरेको छ । गृहमन्त्री बालकृष्ण खाँडले राष्ट्रिय सभामा आज बोल्दै अनुसन्धानका लागि सरकारी टोली आजै दार्चुला गइसकेको बताउनुभयो ।
महाकाली तुइन प्रकरणको सत्यतथ्य पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन पेश गर्न भन्दै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ।
दार्चुलाको व्यासबाट भारतको पिथौरागढको बाटो हुँदै जिल्ला सदरमुकाम जान लागेका स्थानीय ३३ वर्षीय युवा जयसिंह धामी केही दिनअघि वेपत्ता भएका थिए ।
अस्थायी तुइनबाट पिथौरागढको बाटो हुँदै सदरमुकाम जान लागेका उनलाई तुइन तर्दै गर्दा भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएर ‘हत्या’ गरिदिएको आरोप लागेको छ ।
प्रतिक्रिया दिनुहोस्