१८ श्रावण २०८२, आइतबार | Sun Aug 3 2025


नेपालले जित्यो १४ स्वर्ण, तालिकामा शीर्ष स्थानमा (अपडेट)


0
Shares

काठमाडौं, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)को पदकतालिकामा नेपाल शीर्ष स्थानमा रहेको छ ।

नेपालले हालसम्म १४ स्वर्णपदक जितेको छ । नेपालले करातेमा ७, तेक्वान्दोमा ६ तथा ट्रायथलनमा १ स्वर्णपदक जितेको छ ।

नेपालले तीनओटा रजतपदक पनि हासिल गरेको छ ।

त्यसैगरी, भारतले ट्रायथलनमा, पाकिस्तानले कराँतेमा, श्रीलंकाले तेक्वान्दोमा र बंगलादेशले तेक्वान्दोमा एक/एक स्वर्णपदक जितेका छन् ।