Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


ब्याडमिन्टन पुरुष टिम इभेन्टमा नेपाल कास्यमै सीमित


0
Shares

पोखरा, मंसिर १६ । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा नेपाल कास्यपदकमै सीमित भएको छ ।

सोमबार पोखरा रंगशालाको कभर्डहलमा भएको सेमिफाइनलमा नेपाल श्रीलंकासित ३–१ को सेटमा पराजित हुँदै कास्यमै सीमित भएको हो ।

प्रिन्स दाहाल विजयी हुँदा रत्नजित तामाङ र दिपेश धामी पराजित भए । डबल्समा दिपेश र रत्नजित पनि पराजित भए ।

स्वर्णपदकका लागि भने श्रीलंका र भारत खेल्ने भएका छन् ।