 
	    सिन्धुपाल्चोक। सरकारले हेलम्बु गाउँपालिकामा रहेको रातो पुल भएको ठाउँमा तत्काल बेलीब्रीज हाल्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँडले बेलीब्रीज तत्काल हाल्ने वचन दिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतले बताउनुभयो ।
फेसबुकमा केन्द्रीय सदस्य बस्नेतले लेख्नुभएको छ, ‘नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री शेर बहादुर देउवा ज्यु र माननीय गृहमन्त्री बालकृष्ण खाँड ज्यु संग सम्पर्क गरि घटनाको बारेमा विस्तृत जानकारी गराएको र तुरुन्तै नेपाल सरकारको सहयोगमा आवातजावतका लागि सहजीकरण गर्न बेली बृज निर्माण गरिने कुरा सम्बन्धित सबैलाई जानकारी गराउँदछु ।’
हेलम्बु गाउँपालिका ७ चनौटेमा रहेको रातो पक्की पुल मेलम्ची खोलामा आएको बाढीले आज बिहान बगाएको थियो । हिजो दिउँसै देखि हेलम्बु गाउँपालिकाको माथिल्लो भागमा पानी परिरहेकाले तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आएको हो ।
रातो पुल हेलम्बु गाउँपालिकाका लागि लाइफलाइन मानिन्छ । यसबाट हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका ५ वडामा सवारी आवतजावत हुने गर्दथ्यो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्