Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


१३ औं साग – पुरुष समूह काँतामा पनि नेपाललाई स्वर्ण


0
Shares

काठमाडौं, मंसिर १६ । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत पुरुष समूह काँतामा पनि नेपालले स्वर्ण पदक जितेको छ ।

नेपालले श्रीलंकालाई हराउँदै स्वर्ण पदक जितेको हो । नेपालले २५ दशमलव ५४ अंक जोड्दा श्रीलंकाले २४ दशमलव ८८ अंक मात्रै जोड्यो ।

टिम पुरुष काँतामा नेपालको तर्फबाट खेलाडीहरु प्रवीण मानन्धर, मण्डेकाजी श्रेष्ठ र महशुस तामाङ सहभागी थिए ।

सेमिफाइनलमा नेपालले बंगलादेशलाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । नेपालले २५ दशमलव १४ अंक जोडेको थियो भने बंगलादेशले २४ दशमलव ८८ अंक मात्र जोडेको थियो ।