Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


पोखरामा सागको उद्घाटन आज


0
Shares

कास्की, मंसिर १६ । १३ औं दक्षिण एशियाली खेलकुद सागअन्तर्गत पोखरा रंगशालामा आज औपचारिक रुपमा उदघाटन हुदैंछ ।

आज दिउँसो ३ बजे हुँदैछ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन कार्य्रक्रम अघि विभिन्न झाँकीसहितको र्याली पोखरा रंगशाला पुग्ने छ ।

उद्घाटनका लागि पोखरा रंगशाला पुरै सिंगारिएको र र रंगशालाको गेटमा सातै राष्ट्रका झण्डा फहराइएको छ । सागअन्तर्गत पोखरामा ८ खेल हुँदैछन् ।

जसमा महिला फुटबल, महिला क्रिकेट, महिला पुरुष ह्याण्बल, आर्चरी, ब्याडमिन्टन, हुनेछ भने फेवाताल किनारमा बीच भलिबल, माटेपानीमा भारोत्तोलन, र फेवातालमा ट्रायथलन हुनेछ ।

पोखरामा हुने आठ खेलमा कुल १ सय ५१ पदकका लागि प्रतिष्पर्धा हुँदैछ ।