२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


अर्घाखाँचीमा ३० गते सम्मकालागि पूर्णकालीन निषेधाज्ञा


0
Shares

अर्घाखाँची । अर्घाखाँची जिल्लामा आजदेखि लागु हुनेगरी ३० गते सम्मकालागि पूर्णकालीन निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछि रोग फैलन नदिन पूर्णकालीन निषेधाज्ञा लगाइएको हो ।

निषेधाज्ञा अवधिमा अत्यावश्यक पसलहरु बिहान ६ देखि ९ बजेसम्म खुल्ने डीसीसीएमसीको बैठकले निर्णय गरेको छ । यातायात, बैंक तथा वित्तीय संस्था पूर्णरूपमा बन्द हुने निर्णय गरीएको छ ।

अर्घाखाँचीमा अहिलेसम्म ५ सय ४४ जना सक्रिय संक्रमित रहेका छन् । संक्रमितहरुको संख्या बढ्दै गएपछि अस्पतालमा बिरामी राख्ने समस्यासमेत सिर्जना भएको छ । सरकारले अर्घाखाँचीसहित १७ जिल्लालाई अति उच्च जोखिम क्षेत्रमा राखेको छ ।