Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


भारतिय एसएसबिको ज्यादती निन्दनीय : नेविसंघ


0
Shares

काठमाडौं । दार्चुलामा भारतिय सिमा सुरक्षा बलको ज्यादती प्रति नेपाल विद्यार्थी संघले खेद प्रकट गरेको छ ।

संघका महामन्त्री बलदेव तिमल्सिनाले दार्चुलाको मालघाटस्थित तुईनबाट माहाकाली नदी तर्ने क्रममा भारतीय एसएसबि का जवानले तुईन काटि दिदा दार्चुला जिल्ला व्यास गाउँपालिका–२ राङ्थाङ बस्तीका ३५ वर्षीय जयसिंह धामी शुक्रबार माहाकाली नदिमा बेपत्ता भएको खबरले आक्रोशित बनाएको बताएका छन।

यस्तो अत्यन्तै अमानवीय ,निन्दनिय र आपत्तिजनक यस बिषयमा तुरुन्तै भारतीय पक्ष संग कुरा गरि अपराधीलाई कानुनको दायरामा ल्याई कडा भन्दा कडा कार्वाही सहित क्षति पुर्तिको ब्यवस्था गर्न नेबिसंघका महामन्त्री बलदेव तिमल्सिनाले सरकार संँग माग गरेका छन् ।