३ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025


सामाजिक सुरक्षा कोषमा दर्ता हुने समय सकियो


0
Shares

काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा दर्ता हुने समय सकिएको छ ।

कोषमा दर्ता हुन थपिएको पछिल्लो पटकको सयम पनि पूरा भएको छ । तर यस अवधिसम्म जम्मा करिब ११ हजार ५ सय ६९ रोजगारदाता र एक लाख २७ हजार श्रमिक मात्र सूचीकरण प्रक्रियामा सामेल भएका छन् ।

मुलुकभर करिब नौं लाख २२ हजार बराबर प्रतिष्ठान सञ्चालनमा रहेको तथ्यांक विभागलको एक अध्ययनमा उल्लेख छ ।

यस अनुसार अझै पनि ठूलो संख्यामा रोजगारदाता र श्रमिक यस प्रक्रियाबाट बाहिरै रहेको देखिन्छ ।

यसमा आवद्ध नहुने प्रतिष्ठानलाई कारबाही भन्दा यो नयाँ योजना भएकोले सुसुचित र जानकारी गराउँदै सहभागी गराउँदै लैजाने योजना रहेको कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवाली बताउँछन् । 

निजी क्षेत्रका संघ संगठनले भने कोषको प्रावधान नै श्रमीकका हितमा नरहेको दाबी गर्दै कोषको कार्यविधि नै परिमार्जन गर्नुपर्ने माग गर्दै आएका छन् ।