१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


‘नेपालको प्रजातान्त्रिक आन्दोलनमा आदिवासी जनजातिको भूमिका महत्वपूर्ण’


0
Shares

काठमाडौं, साउन १४ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको प्रजातान्त्रिक आन्दोलनमा आदिवासी जनजातिको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

नेपाल–भारत आदिवासी जनजाति मैत्री संघले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा उनले आदिवासी जनजातिको रहनसहन र भाषा–संस्कृतिले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुगेको बताए ।

नेपालको संविधानले जनजातिको अधिकारलाई सुनिश्चित गरेको भन्दै उनले भाषा–संस्कृति जोगाइराख्न सबै एकजुट हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल–भारत आदिवासी जनजाति मैत्री संघका सभापति विनोदकुमार गुरुङ, विश्वशान्ति गुरु ट्याङ्कपा आचार्य तथा भारतीय दूतावासका अधिकारीहरु डा. अजय कुमार, केटीखम्पालगायतलाई सम्मान गरिएको थियो ।