Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


दाङमा नेकपाको अग्रता, कांग्रेस २७ सय बढी मतले पछाडी


0
Shares

दाङ । शनिबार सम्पन्न उपनिर्वाचनको मत परिणम आउने क्रम जारी छ । यसैअन्तर्गत दाङ क्षेत्र नं ३ (ख) मा नेकपाले अग्रता लिएको छ ।

हालसम्म नेकपाकी उमेदवार बिमला कुमारी खत्रीले ९९०८ मत प्राप्त गरेकी छिन् भने नेपाली काँग्रेसका उमेदवार केशवराज आचार्यले ७१३६ मत प्राप्त गरेका छन् ।

घोराहीमा रहेको जिल्ला समन्वय समितिको सभा हलमा मतगणना भइरहेको हाम्रा संवाददाताले जानकारी दिएका छन् ।

शनिबार सम्पन्न मतदानमा कूल मतदाता ६८ हजार ७१९ मध्ये ४५ हजार ७१८ मतदाता मतदानमा सहभागी भएका थिए ।