सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका नेकपा र नेपाली कांग्रेसबीच मत अन्तर फराकिलो बन्दै गएको छ ।
पछिल्लो मत परिणाममा नेपाली कांग्रेस उम्मेदवार तिलक राई नेकपाका उम्मेदवार प्रकाश राई भन्दा ७४५ मतले अगाडि देखिएका छन् ।
कांग्रेसका तिलक राईले ७ हजार ९१५ मत पाउँदा नेकपाका प्रकाश राईले ७ हजार १७० मत पाएका हुन् ।
अहिलेसम्म ६ वटा वडाको मत परिणाम आइसकेको छ । जसमा वडा नम्बर १४, १६, १७, १८, १९ र २० को मत गणना भइसकेको छ ।
शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो ।
यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए ।
धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको छैन ।








प्रतिक्रिया दिनुहोस्