Logo ६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026


सप्तरीको छिन्नमस्ता–७ मा राजपा विजयी, नेकपा झिनो मतले पराजित


0
Shares

-शिवहरि प्रसाद भट्टराई/ईमेज

राजविराज । उपनिर्वाचन अन्तर्गत सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर–७ को अध्यक्ष पदमा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालकी प्रमिला देवी यादव विजयी भएकी छिन् ।

शनिवार अबेर राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार प्रमिलाले ५ सय ४० मत प्राप्त गरी विजयी भएकी हुन् ।

प्रमिलालाई समाजवादी पार्टीले समेत समर्थन गरेको थियो । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार अच्छेलाल यादवले ५ सय २९ मत प्राप्त गरेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार शिवनारायण मण्डलले १५, जनमत पार्टीका दिनेश कुमार यादवले ११ मत पाएका छन् ।

कुल मतदाता १४ हजार ३ रहेकोमा कुल १ हजार १ सय १४ मत खसेको थियो ।

जसमध्ये १५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत चन्द्रमणी ज्ञवालीले जानकारी दिएका छन् । उनका अनुसार उक्त वडामा ७९ दशमलव ४५ प्रतिशत मतदान भएको छ ।्