८ असार २०८२, आइतबार | Sun Jun 22 2025


धरानमा नेपाली कांग्रेसका तिलक राईको अग्रता, नेकपाका प्रकाश राई परे पछि


0
Shares

सुनसरी, मंसिर १५ । सुनसरीको धरान उपमहानगरपालिका नेकपा र नेपाली कांग्रेसबीच कडा टक्कर देखिएको छ ।

पछिल्लो मत परिणाममा नेपाली कांग्रेस उम्मेदवार तिलक राई नेकपाका उम्मेदवार प्रकाश राई भन्दा ४२३ मतले अगाडि देखिएका छन् ।

कांग्रेसका तिलक राईले ६ हजार ८५७ मत पाउँदा नेकपाका प्रकाश राईले ६ हजार ४३४ मत पाएका हुन् ।

अहिलेसम्म पाँच वटा वडाको मत परिणाम आइसकेको छ । जसमा वडा नम्बर १६, १७, १८, १९ र २० को मत गणना भइसकेको छ ।

शनिबार भएको उपनिर्वाचनको मतदानमा ५५ हजार ११ मत खसेको थियो । 

यसअघि २०७४ मा भएको चुनावमा तत्कालीन एमालेका उम्मेदवार तारा सुब्बा विजयी भएका थिए । धरान उपमहानगरपालिका तात्कालीन नेकपा एमालेको परम्परागत गढ मानिन्छ । २०४८ सालयता त्यहाँको मेयरमा कांग्रेसले चुनाव जित्न सकेको छैन ।