शिवहरि भट्टराई (इमेज)
राजविराज, मंसिर १४ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–७ को वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा ७९.४५ प्रतिशत मत खसेको छ ।
कुल एक हजार ४०३ मतदाता रहेकामा एक हजार ११४ जना मतदाताले मतदान गरेको जनाइएको छ ।
स्थानीय राष्ट्रिय प्राथमिक विद्यालयमा शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको हो ।
एकजना स्वतन्त्रसहित ७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।
मतगणनास्थल छिन्नमस्तास्थित भूपेन्द्र संस्कृत माध्यमिक विद्यालयमा सबै मतपेटिका जम्मा गरिसकिएको छ ।
शनिबारै रातिदेखि मतगणना सुरु गर्ने तयारी गरिएको जनाइएको छ ।
गएको स्थानीय तह निर्वाचनमा वडा नम्बर–७ को अध्यक्ष पदमा राजपाबाट निर्वाचित प्रभाकर यादव जिल्ला समन्वय समितिको संयोजक पदमा चुनिएपछि सो पद रिक्त हुन पुगेको थियो ।




प्रतिक्रिया दिनुहोस्